विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल « Khabarhub

विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा उच्च मनोबलका साथ खेल्ने बताएका छन् ।

विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै अमेरिका पुगेका रोहित आइतबार सामाजिक सञ्जाल मार्फत राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयका लागि खेल्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोश्रोपटक टी२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौं । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईं सबै क्रिकेटप्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ। राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । संधैजस्तो यसपटक पनि तपाईंहरु सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौं ।’

अमेरिका र वेष्ट इन्डिजमा जारी विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दै छ। नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग खेल्नेछ। अमेरिकामा समूह चरणका दुई खेलपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

वेस्ट इन्डिजमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा नेपालले प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : ३५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी