धूम्रपानको लत छाड्न सक्नु भएन ? यसो गर्नुहोस्  « Khabarhub

धूम्रपानको लत छाड्न सक्नु भएन ? यसो गर्नुहोस् 


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी धेरैलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ।

यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ ।

– तरकारीमा गाजर, ब्रोकाउली, काँक्रो र ज्वानो जस्ता कुरा चपाएर खाँदा चुरोटको तलतलबाट छुटकारा मिल्छ । नियमित यी कुरा खाँदा चुरोट बेस्वाद लाग्न थाल्छ ।

– चुरोटको तलतल छाड्न अदुवा सबैभन्दा प्रभावकारी मानिन्छ । एक टुक्रा अदुवालाई पिसेर एक चम्चा चिनीमा मिसाएर नियमित खाँदा धूम्रपानको लत छुट्दै जान्छ ।

– धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सिले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।

– नुनिलो खानेकुरा खाँदा पनि चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन लागेको बेलामा नुनिलो खानेकुरा खानु लाभदायक हुन्छ ।

– गोलभेँडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । यसको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ साथै हानि पनि हुँदैन ।

– चुरोट तान्दा पाउने सन्तुष्टि काजु बदाम चपाउँदा पनि मिल्दछ ।

– धूम्रपान गर्नेले एक्कासि चुरोट खान छाड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण टाउको दुख्छ, चक्कर आउँछ । यस्तो बेलामा जौ खाँदा निकोटिन तिर फर्किन मन लाग्दैन ।

– दूधले स्वास्थ्यलाई लाभ त पुराउँछ नै यस अलावा नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ०० बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव