राष्ट्रियसभा बैठक : बजेट प्रभावकारी कार्यान्वयनमा संसद्हरूको जोड « Khabarhub

राष्ट्रियसभा बैठक : बजेट प्रभावकारी कार्यान्वयनमा संसद्हरूको जोड


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधन खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताइन् ।

‘सन् २०२५ लाई पर्यटन वर्ष मनाउनेसम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन, के सरकार यस्ता प्रतिबद्धताबाट पछि हटेको हो रु हामी स्पष्ट हुन चाहन्छौँ’, उनले प्रश्न गरिन् । 

सांसद मायाप्रसाद शर्माले आगामी आवको बजेट नयाँ ढङ्गले यथार्थपरकरूपमा आएको टिप्पणी गरे।

उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट वक्तत्व सबै अध्ययन गर्दा गतिशील देखिन्छ । हिजोका दिनमा गर्नुपर्ने प्रतिबद्धतासँगै समस्या पनि उजागर भएका छन् । बजेट कार्यान्वयन प्रभावकारीरुपमा हुनेमा विश्वास लिएको छु ।’ 

सांसद शारदादेवी भट्टले सरकारद्वारा प्रस्तुत बजेट केही हदसम्म सन्तुलित र चलायमान भएको टिप्पणी गरिन्। उनले बजेटको स्वागत गर्दै पूर्ण समर्थन जनाइन्।

 ‘बजेट जनता केन्द्रित हुनुपर्छ’, उनले भनिन्। 

सांसद जयन्तीदेवी राईले आगामी वर्षको बजेट सैद्धान्तिक रुपमा हेर्दा अत्यन्त सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरिन् । 

‘बजेटमा कृषि लगानीको वर्ष, स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सकारात्मक छन् । यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ’, उनले भनिन्।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  २ : ५१ बजे

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको