सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू) | Khabarhub Khabarhub

सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)



काठमाडौं- नेकपा एमालेको राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दै गएको छ ।

दुई कार्यकालको राष्ट्रपतिबाट बिदा भएको एक वर्षसम्म मौन रहेकी भण्डारीले पछिल्लो समय राजनीतिक तथा अन्य कार्यक्रममा उपस्थिति बढाउँदै लगेकी छन् ।

पछिल्लो पटक यही जेठ १६ गते भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

देशभरका एमालेनिकट महिला उतारेर प्रज्ञा भवनमा बृहत् कार्यक्रम गरिँदा भण्डारीलाई प्रमुख अतिथिका रुपमा स्वागत गरिएको थियो ।

सक्रिय राजनीतिमा फर्किने योजनासहित एमालेका नेताहरूसँग बाक्लो छलफलमा जुटेकी उनी सोमबार पनि अर्को कार्यक्रममा देखिइन् ।

पर्यटन बोर्डको हलमा भएको कार्यक्रमको सन्दर्भ थियो, ‘कवि शिवकुमार पराजुलीको काव्यकृति कविता कोकिल लोकापर्ण समारोह ।’

नेपाल वाङ्मय फाउन्डेसन र भोजपुर नगरपालिका सेवा समाजको संयुक्त आयोजनामा भएको उक्त किताब विमोचन समारोहका सहभागी अधिकांश एमालेनिकटहरू थिए ।

पुर्ख्यौली घर भोजपुर भएका साहित्यकारदेखि राजनीतिज्ञसमेत उपस्थित कार्यक्रममा भण्डारीलाई विशेष स्वागत गरियो ।

उनी उक्त कार्यक्रममा आउने भएपछि एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, नेताहरू हेमराज राई, कृपाशुर शेर्पा पनि पुगेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री शंकर कोइराला, अर्का पूर्वमन्त्री उमेश श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वमन्त्री टंक ढकाल, पूर्वमन्त्री सुदन किराती, राष्ट्रिय सभाकी सदस्य जयन्ती राई पनि सहभागी भए ।

  

 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ०७ बजे

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

काठमाडौं– राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ मा

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा