सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू) « Khabarhub

सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)



काठमाडौं- नेकपा एमालेको राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दै गएको छ ।

दुई कार्यकालको राष्ट्रपतिबाट बिदा भएको एक वर्षसम्म मौन रहेकी भण्डारीले पछिल्लो समय राजनीतिक तथा अन्य कार्यक्रममा उपस्थिति बढाउँदै लगेकी छन् ।

पछिल्लो पटक यही जेठ १६ गते भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

देशभरका एमालेनिकट महिला उतारेर प्रज्ञा भवनमा बृहत् कार्यक्रम गरिँदा भण्डारीलाई प्रमुख अतिथिका रुपमा स्वागत गरिएको थियो ।

सक्रिय राजनीतिमा फर्किने योजनासहित एमालेका नेताहरूसँग बाक्लो छलफलमा जुटेकी उनी सोमबार पनि अर्को कार्यक्रममा देखिइन् ।

पर्यटन बोर्डको हलमा भएको कार्यक्रमको सन्दर्भ थियो, ‘कवि शिवकुमार पराजुलीको काव्यकृति कविता कोकिल लोकापर्ण समारोह ।’

नेपाल वाङ्मय फाउन्डेसन र भोजपुर नगरपालिका सेवा समाजको संयुक्त आयोजनामा भएको उक्त किताब विमोचन समारोहका सहभागी अधिकांश एमालेनिकटहरू थिए ।

पुर्ख्यौली घर भोजपुर भएका साहित्यकारदेखि राजनीतिज्ञसमेत उपस्थित कार्यक्रममा भण्डारीलाई विशेष स्वागत गरियो ।

उनी उक्त कार्यक्रममा आउने भएपछि एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, नेताहरू हेमराज राई, कृपाशुर शेर्पा पनि पुगेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री शंकर कोइराला, अर्का पूर्वमन्त्री उमेश श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वमन्त्री टंक ढकाल, पूर्वमन्त्री सुदन किराती, राष्ट्रिय सभाकी सदस्य जयन्ती राई पनि सहभागी भए ।

  

 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ०७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर