मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने | Khabarhub Khabarhub

मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारीमा लागेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ  

हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । बालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ । 

अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । 

श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि प्रचण्डले तामाङलाई तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा रहने गरी विनाविभागीय मन्त्री बनाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेकी छन् । पर्यटनमन्त्री बन्न लागेको चर्चा छ नि भन्ने प्रश्नमा उनले खण्डन गरिनन् 

‘चर्चा चलेको छ भने हो भन्दिनुस् न त,’ श्रेष्ठले खबरहबसँग भनिन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ४० बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको