मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने « Khabarhub

मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारीमा लागेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ  

हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । बालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ । 

अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । 

श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि प्रचण्डले तामाङलाई तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा रहने गरी विनाविभागीय मन्त्री बनाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेकी छन् । पर्यटनमन्त्री बन्न लागेको चर्चा छ नि भन्ने प्रश्नमा उनले खण्डन गरिनन् 

‘चर्चा चलेको छ भने हो भन्दिनुस् न त,’ श्रेष्ठले खबरहबसँग भनिन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ४० बजे

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा