भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि « Khabarhub

भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेपाली समयअनुसार आज बिहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) को एनडीए गठबन्धन धेरै अगाडि रहेको छ ।

यो समाचार तयार पार्दासम्म ५३२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धन २८४ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२२ सिटमा अगाडी देखिएका छन् । यस्तै, २६ स्थानमा अन्य दल अगाडि छन् ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए ।

लोकसभा निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो ।

विभिन्न एक्जिट पोलहरूले भारतीय जनता पार्टी नेतृत्वको तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् ।

एनडिए गठबन्धनले ३५० भन्दामाथि तथा कांग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३० सिट सिट जित्ने प्रक्षेपण छ ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : ५९ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत