भारतीय लोकसभा मतगणना : कलाकारहरु को अगाडि ? « Khabarhub

भारतीय लोकसभा मतगणना : कलाकारहरु को अगाडि ?


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । यस पटकको निर्वाचनमा भारतीय सिनेमा क्षेत्रमा पनि चर्चा छ ।

बलिउडका कैयौँ नाम चलेका कलाकारहरु यस पटक निर्वाचनको मैदानमा उत्रिएका छन् । कंगना रनौत, अरुण गोविल ‘भीआईपी’ क्षेत्रबाट निर्वाचन लडेका छन् । कंगना मन्डीबाट र अरुण मेरठबाट उम्मेदवार छन् ।

बलिउड अभिनेत्री हेमा मालिनी मथुराबाट, शत्रुघ्न सिन्हा आसनसोलबाट, मनोज तिवारी उत्तर पूर्वी दिल्लीबाट, रवि किशन गोरखपुरबाट, दिनेशलाल यादव ‘निरहुआ’ आजमगढ क्षेत्रबाट निर्वाचनमा उठेका छन् ।

यस्तै, पवन सिंह काराकाटबाट र मलयालम स्टार सुरेश गोपी केरलको त्रिस्सुर निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । यी सबै स्टार कलाकारको भाग्यको फैसला केही समयमै लाग्ने देखिन्छ ।

राज बब्बर गुडगांवमा अगाडि
कांग्रेसका राज बब्बर गुडगांव क्षेत्रमा लिड गरिरहेका छन् । उनी ४३ हजार १८१ मतले निकटतम् प्रतिष्पर्धीभन्दा अगाडि छन् । राजको प्रतिष्पर्धा भारतीय जनता पार्टी (भाजपा) का राव इन्द्रजीत सिंहसँग छ ।

निरहुआ–पवन सिंह पछाडि
भोजपुरी स्टार पवन सिंह र दिनेशलाल यादव ‘निरहुआ’ मतगणनाको सुरुवाती रुझानमा पछाडि देखिएका छन् । काराकाट निर्वाचन क्षेत्रबाट चुनाव लडेका पवन सिंह ३ हजार २८० र उत्तर प्रदेशको आजमगढ क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा रहेका निरहुआ ६ हजार २९४ मतले पछाडि छन् ।

मन्डीमा विजयतर्फ बढ्दै कंगना
मन्डी निर्वाचन क्षेत्रमा अभिनेत्री कंगना रनौत विजयी हुने सुरुवाती नतिजाको रुझानले देखाएको छ । सत्तारुढ भाजपाबाट चुनावी प्रतिष्पर्धामा उत्रिएकी अभिनेत्री कंगना २० हजार मतले अगाडि छिन् ।

अभिनेता अरुण गोविल मेरठमा झण्डै १० हजार मतले अग्रस्थानमा छन् । अभिनेत्री हेमा मालिनी मथुरा क्षेत्रमा ३४ हजार ७४८ मतले अगाडि छिन् ।

भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ सदस्यको चुनावका लागि अप्रिल १९ देखि जुन १ सम्म मतदान भएको थियो ।

केन्द्रमा सरकार बनाउनका लागि भारतीय जनता पार्टी (भाजना) को नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिव अलाइन्स (आईएनडीआईए) गठबन्धनबीच मुख्य प्रतिष्पर्धा छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ११ : ५३ बजे

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो