नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक सेवा कम्पनीहरु पे वेल र सजिलो पे को बैंक खाता रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ती कम्पनीहरूको बैंक खाता रोक्का गरिएको जनाएको हो ।

राष्ट्र बैंकबाट अनुमति लिएर डिजिटल भुक्तानी सेवा सम्बन्धी काम गर्दै आएका ती कम्पनीहरूको कारोबार नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले बैंक खाता रोक्का गरिएको जनाइएको छ ।

 ‘यस बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रा.लि., अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि., बालुवाटार, काठमाडौंबाट भैरहेका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

ती कम्पनीहरूको बैंक खाता बन्द भएपछि स्वभाविक रुपमा भुक्तानी सम्बन्धी कारोबार समेत बन्द हुने भएका छन् । राष्ट्र बैंकले ती संस्थाहरूमाथि छिटो अनुसन्धान गरिने र ग्राहकहरूको असुविधालाई सम्बोधन गरिने बताएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १ : ३० बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।