बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणका विषय समेट्न कांग्रेसको माग « Khabarhub

बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणका विषय समेट्न कांग्रेसको माग


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न बजेटमा पर्याप्त रकम नछुट्याइएको उनले टिप्पणी गरे । 

शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको तर सरकारले द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गरेको आभास आफूलाई नभएको बताए। 

‘हामी साँच्चै द्वन्द्वपीडितलाई न्याय दिने पक्षमा छौँ ?’ उनले प्रश्न गरे, ‘संविधानको महत्वपूर्ण यो पक्षलाई गम्भीर रुपमा लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ, त्यसो गर्न नसके अन्तर्राष्ट्रियस्तरमा मुलुकको विश्वसनीयता गुम्नेछ ।’ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संघीयतासम्बन्धी कानुन नबनेकोमा उनले दुःख व्यक्त गरे। 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ०२ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध