बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणका विषय समेट्न कांग्रेसको माग « Khabarhub

बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणका विषय समेट्न कांग्रेसको माग


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न बजेटमा पर्याप्त रकम नछुट्याइएको उनले टिप्पणी गरे । 

शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको तर सरकारले द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गरेको आभास आफूलाई नभएको बताए। 

‘हामी साँच्चै द्वन्द्वपीडितलाई न्याय दिने पक्षमा छौँ ?’ उनले प्रश्न गरे, ‘संविधानको महत्वपूर्ण यो पक्षलाई गम्भीर रुपमा लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ, त्यसो गर्न नसके अन्तर्राष्ट्रियस्तरमा मुलुकको विश्वसनीयता गुम्नेछ ।’ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संघीयतासम्बन्धी कानुन नबनेकोमा उनले दुःख व्यक्त गरे। 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ०२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात