बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित « Khabarhub

बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लोकसभा चुनावमा पहिलो पटक उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् ।

कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् ।

उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए ।

विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्।

कंगना रनौतले ५ लाख २७ हजार ४६३ मत ल्याइन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याए ।

४३ सय २० मतसहित बहुजन समाज पार्टीका डाक्टर प्रकाश चन्द्र भारद्वाज तेस्रो नम्बरमा रहे । मन्डी सिटमा जम्मा १० प्रत्यासी थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : २१ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय