यस्तो हुनेछ नयाँ धरहरा « Khabarhub

यस्तो हुनेछ नयाँ धरहरा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.स. २०७२ सालको विनाशकारी महाभूकम्पले ऐतिहासिक धरहरालाई भत्काएको थियो । करिब ३ वर्षपछि अर्थात् १२ पुस २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्याश गरे ।

अहिले भत्किएको धरहरालाई संरक्षणका साथ राखिएको छ भने पूरानो धरहरा भएकै क्षेत्रमा अर्को धराहरा बनिरहेको छ । अहिले धरहरा पुनर्निमाणले गति लिएको छ । पुनर्निर्माण थालिएको ८ महिना बितिसकेको छ भने १५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धराहरा पुनर्निर्माणको जिम्मा जीआईईटिसी—रमनदेवी कन्स्ट्रक्सनलाई दिएको छ । कन्स्ट्रक्सनले पनि २ वर्षमा धरहरा ठड्याउने भन्दै धमाधम काम गरिरहेको छ ।

यस्तो हुनेछ नयाँ धराहरा !

– निर्माणाधीन धरहरा कस्तो बन्ला ? भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ ।

– नयाँ बनिरहेको धरहराको स्वरुप भने पुरानै हुनेछ ।

– ११ तलामा बन्ने धरहराको उचाई २ सय ४५ फिटको हुनेछ ।

– धरहराको अन्डरग्राउन्ड ३ तलाको हुनेछ ।

– ती तलामा अत्याधुनिक ‘भूकम्प संग्राहलय हुनेछ’ ।

– वरीपरी बगैँचा हुनेछन् ।

– साँस्कृतिक कार्यक्रम गर्ने खुल्ला ठाउँ पनि राखिनेछ ।

– सुन्धाराको पुरानो धारामा नियमित पानी आपुर्ति हुनेछ ।

– धरहराको भित्रपट्टि कफीसप हुनेछ ।

– धरहरा चढ्न आउनेहरुका लागि पहिलेजस्तो सिँढी चढिरहनुपर्ने झमेला हुदैँन । त्यसका लागि लिफ्टको व्यवस्था गरिनेछ ।

– भूकम्पको विविध खालको सूचना दिन भित्र विभिन्न प्रकारका श्रव्य र दृश्य सामग्री राखिनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच