मोबाइल आयात बढ्दो – आर्थिक संकट घट्यो कि कालाबजारी ? « Khabarhub

मोबाइल आयात बढ्दो – आर्थिक संकट घट्यो कि कालाबजारी ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्ला वर्ष मोबाइल आयात बढिरहेको छ । ५ वर्ष यता मात्रै १ खर्ब २५ अर्ब ५९ करोड ४८ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड ८९ लाख ४६ हजार ६२४ थान मोबाइल नेपाल भित्र्याइएको छ ।

नेपालमा विभिन्न देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा मोबाइल आयात हुने देशको सूचीमा चीन पहिलो र भारत दोस्रो नम्बरमा पर्छ । युनाइटेड अरब इमिरेट्स (यूएई),भियतनाम, कतार,सिंगापुर, अमेरिका, मलेसिया, जापान, कोरिया, हङकङ लगायत अन्य थुप्रै देशबाट नेपालमा मोबाइल आयात हुने गरेको छ ।

नेपालमा सन्‌ २०१९ मा कोभिड महामारी फैलिएपछि मोबाइलको माग अत्यधिक बढेको थियो । महामारी नियन्त्रण निम्ति लगाइएको बन्दाबन्दी (लकडाउन) र संक्रमण फैलन नदिन घरबाटै काम (वर्क फर्म होम) कार्यान्वयन हुँदा मोबाइल लगायत विद्युतीय ग्याजेट्स बिक्रीले रेकर्ड तोडेको थियो ।

त्यस पछिको अवधिमा गाउँ-गाउँमा इन्टरनेट सुविधा विस्तारसँगै स्मार्टफोन प्रयोग बढेको छ । सँगसँगै स्मार्टफोन आयात पनि बढिरहेको छ । सरकारले विदेशबाट फर्कनेहरूले ल्याउने एकभन्दा धेरै मोबाइल फोन सेटमा भन्सार लगाउने निर्णय कार्यान्वयन गर्दा पनि मोबाइल फोनको आयात धेरै देखिएको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार मानिसहरूले हाल खाद्यान्नमा गर्ने बजेट घटाएर पनि ग्याजेटमा खर्च गर्ने गरेको देखिएको छ।

पछिल्लो समय मोबाइल पनि बिना झन्झट किस्ताबन्दीमा पाइने भएकाले आयात बढेको मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले बताए । आफूले चाहेको फोन किस्ताबन्दीमै किन्न पाएपछि बजारमा चहलपहल बढेको चुल्यादोले जानकारी दिए ।

‘अहिले सामसङले किस्ताबन्दीमा मोबाइल दिने भएपछि पनि आयात बढेको देखिएको छ । यस्तै मोबाइलका नयाँ-नयाँ मोडलहरू आइरहेका छन्, यसले गर्दा पनि मोबाइल आयात राम्रो भएको छ,’ उनले भने । पछिल्लो समय मोबाइल व्यवसायीहरू पनि सन्तुष्ट रहेको उनको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष आर्थिक गतिविधि पनि केही चलायमान भएको उनको भनाइ छ । अहिले २० हजारदेखि २ लाख रुपैयाँ सम्मका फोन ऋणमा लिन पाउने भएपछि व्यवसाय सकारात्मक बनेको चुल्यादोले बताए ।

यद्यपी कालोबजारी भने नियन्त्रण नभएको उनको भनाइ छ । कालोबजारी भएर आउने फोनको संख्या पनि उत्तिकै रहेको र अहिले कानूनी बाटोबाटै महिनाका करिब २५ करोड रुपैयाँ सम्मको आयात उनले जानकारी दिए ।

कहिले कति आयात ?
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालुू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा मात्रै २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । जसमा १५ लाख २८ हजार ६६४ थान मोबाइल भित्रिएको तथ्यांकले देखाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा उल्लेखनीय रुपमा बढेको देखिएको छ । यस आवमा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो । जसबाट नेपालमा विभिन्न देशबाट १५ लाख ६९ हजार ५९६ थान मोबाइल आयात भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा पनि मोबाइलको कम मात्र आयात भएको छ । यस आवमा २ अर्ब ८२ करोड ६ लाख २५ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको थियो । जसमा १ लाख ७६ हजार ५१० थान मोबाइल नेपाल आएका थिए ।

फाइल फोटो

आर्थिक वर्ष २०७७/७८ मा पनि मोबाइलको आयात राम्रै भएको देखिन्छ । यस आवमा विभिन्न देशबाट गरेर ३६ अर्ब ९० करोड ४५ लाख ८५ हजारको ७० लाख ३० हजार ३६६ थान मोबाइल आयात भएको छ । यस आवमा अहिलेसम्मकै बढी मोबाइल आयात भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा पनि १८ अर्ब १७ करोड ७४ लाख ६८ हजारको मोबाइल आयात भएका छन् । जसमा ४३ लाख ६५ हजार ९९० थान मोबाइल आयात भएका थिए ।

यता आर्थिक वर्ष २०७५/७६ को तथ्यांकलाई हेर्दा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरका ४२ लाख ७५ हजार ५१८ मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ५७ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त