डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते « Khabarhub

डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा जिप दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ११ : २२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार