दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो « Khabarhub

दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ ।

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दुधको खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दुधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सयको हाराहारीमा पशुपालन फार्म छन् ।

यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दुध उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : ४९ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले