भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उनले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए । 

डा पौडेलले भने, “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ । झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उनले जानकारी दिए। 

‘भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो’, डा तिवारीले भने, ‘अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।’  निजीको तुलनामा सस्तोमा एमआरआई हुने उनले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको