बजेटको प्रभावकारी कार्यान्वयनमा सांसद्हरुको जोड | Khabarhub Khabarhub

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसद्हरुको जोड


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । 

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए ।

 प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई झुक्याउने काम गरिएको उनको भनाइ थियो ।   

सांसद ठाकुर गैरले आगामी आवको बजेट आधारभूत रुपमा सही रहेको उल्लेख गर्दै सत्तारुढ दलको साझा नीति तथा कार्यक्रममा तादम्यता कायम हुन नसकेको हो कि भन्ने जिज्ञासा राखे । उनले बजेटमा राखिएका कतिपय विषय कार्यान्वयन हुन नसकेको तथ्य पेस गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिए। 

सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पूर्ण समर्थन रहेको बताए । बजेटले संविधानको कार्यान्वयन, रोजगार वृद्धि, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्दै उहाँले मुलुकमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य बजेटमा राखिएकाले सकारात्मक रहेको बताए । 

सांसद सन्तोष परियारले राजनीतिक परिवर्तनलाई स्थायित्व बनाउन अर्थराजनीतिले पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न माग गरे । चालु खर्च र पुँजीगत खर्चको बीचमा रहेको खाडल कम गरेर जानुपर्नेमा उनले जोड दिए।

सांसद कृष्णकुमार श्रेष्ठले बजेटमा तराई-मधेशमा भूमिगत जल सिँचाइ कार्यक्रम, स्यालो ट्युबेललगायत विषय समेटिएको, उर्वर भूमिलाई विशेष प्राथमिकतामा राखिएको बताए । तराई-मधेशमा खानेपानीको अभाव रहेकाले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे। 

सांसद अमरेशकुमार सिंहले राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गरिएको, अर्थतन्त्र मन्दीमा रहेकाले त्यसको समाधानका लागि ध्यान नदिइएको बताए। बैठकमा सांसदहरू बिना जैशवाल, सुशीला श्रेष्ठ, सोनु मुर्मु, सर्वेन्द्रनाथ शुक्लाले आगामी आर्थिक वर्षको बजेटका बारेमा आलोचनात्मक टिप्पणी गरे । 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : २८ बजे

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका