शालिकराम मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ | Khabarhub Khabarhub

शालिकराम मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले लामिछानेलाई पक्राउ गरेको हो । चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई चितवन लैजान लागेको बताइएको छ ।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार पुडासैनीको साउन २० मा  चितवनमा झुण्डिएको अवस्थामा एक होटलमा शव भेटिएको थियो ।

‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएपछि घटनामा मुछिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा मुछिएका युवराज कँडेललाई पनि पक्राउ गरेको छ । यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई नियन्त्रणमा लिइसकेको छ ।

चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

रवि लामिछानेलाइ पक्राउ गरे लगतै सामाजिक संजालमा चर्को बिरोध भएको छ । रवि लामिछानेका समर्थकले रवि र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठूलो सड्यन्त्र रहेको भन्दै बिरोध गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ३१ बजे

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि