अर्जुन लामा हत्या प्रकरण : अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला « Khabarhub

अर्जुन लामा हत्या प्रकरण : अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको व्यक्ति हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी असार १२ गते फैसला दिने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाइ सकेपछि फैसला सुनाउने मिति असार १२ गतेलाई निर्धारण गरेको हो ।

काभ्रे निवासी अर्जुन लामाको हत्यामा संलग्न रहेको अभियोगसहित पूर्वसभामुख सापकोटाविरुद्ध व्यक्ति हत्यासम्बन्धी मुद्दा दायर भएको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले पतिको हत्यामा नेता सापकोटा, काभ्रेकै माओवादी नेता सूर्यमान दोङसहित संलग्न रहेको दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।

यस प्रकरणमा माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तानलाई कानुनी दायरमा ल्याउन मागसहित पूर्णीमायाले दायर गरेको रिट करिब १० वर्षदेखि अल्झिएको थियो।

यसअघि वैशाख १२ गते बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको थियो । तर अब सर्वोच्चले सुनुवाइ नै सकेर अन्तिम निर्णयको मिति नै तोकेको हो ।

सशस्त्र द्वन्द्वका क्रममा काभ्रेका लामाको अपहरणपछि हत्या गरेको घटनामा पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि अघिप बढेको यो मुद्दा सर्वोच्चमा १० वर्षदेखि अल्झिएको थियव । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म लिएको थिएन । तर सर्वोच्चले २०६४ फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि मुद्दा अघि बढेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : १७ बजे

रौतहट क्षेत्र नंं ४ को मतगणना जारी

चन्द्रपुर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४

मतगणनाको प्रारम्भिक नतिजा : देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बेलबारी– बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जङ्गली

आज अधिकांश स्थानमा मौसम सफा रहने 

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा

आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २२ गते शुक्रबार चैत