सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी « Khabarhub

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।  

काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए । एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उनको भनाइ छ ।  

मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ । 

कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डंगोलले तालिमका प्रमाणपत्रले कोठा भर्ने तर सीपलाई उद्यममा प्रयोग नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताइन् । सहभागीको आचरण र मापदण्ड अनुसार तालिम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : २१ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०