गृहमन्त्रीलाई कांग्रेसको चुनौती : गिरीबन्धु प्रकरणको फाइल खोलेर देखाउनू | Khabarhub Khabarhub

गृहमन्त्रीलाई कांग्रेसको चुनौती : गिरीबन्धु प्रकरणको फाइल खोलेर देखाउनू


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि विभिन्न आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए ।

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति प्रमाणित गर्न र आफूहरूलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रहसमेत गरे ।

शर्माले गिरीबन्धुको फाइल खोल्ने त परको कुरा यस विषयमा गृहमन्त्री लामिछानेले बोल्नसमेत नसक्ने तर्क गरे ।

उनले गिरीबन्धु बिक्रीबारे एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै दिएको बताएका छन् ।

शर्माले सहकारी प्रकरणमा गठित छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभए पनि गोर्खा मिडियाको अपचलन भन्ने शब्दले उनीमाथि छानबिन हुने जिकिर गरे ।

देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जित भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको दाबी शर्माले गरे ।

शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरपालिकाले गरेको काम सही रहेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : ४७ बजे

माधव नेपाललाई आफ्नै पार्टीका नेताहरुको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग

सरकार–नर्सबीचको वार्ता आज पनि टुंगोमा पुगेन

काठमाडौँ– आन्दोलनरत नर्सहरूको मागबारे स्वास्थ्य मन्त्रालयसँग आज बिहीबार भएको वार्ता

कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ?

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक

जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन