गृहमन्त्रीलाई कांग्रेसको चुनौती : गिरीबन्धु प्रकरणको फाइल खोलेर देखाउनू « Khabarhub

गृहमन्त्रीलाई कांग्रेसको चुनौती : गिरीबन्धु प्रकरणको फाइल खोलेर देखाउनू


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि विभिन्न आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए ।

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति प्रमाणित गर्न र आफूहरूलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रहसमेत गरे ।

शर्माले गिरीबन्धुको फाइल खोल्ने त परको कुरा यस विषयमा गृहमन्त्री लामिछानेले बोल्नसमेत नसक्ने तर्क गरे ।

उनले गिरीबन्धु बिक्रीबारे एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै दिएको बताएका छन् ।

शर्माले सहकारी प्रकरणमा गठित छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभए पनि गोर्खा मिडियाको अपचलन भन्ने शब्दले उनीमाथि छानबिन हुने जिकिर गरे ।

देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जित भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको दाबी शर्माले गरे ।

शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरपालिकाले गरेको काम सही रहेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : ४७ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि