एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै « Khabarhub

एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन् ।

लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो ।

मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए ।

तर शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि त्यही दिन शपथ लिने तयारी मोदीले गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक पटक फेरि एनडीएले गठबन्धन सरकार बनाउने तयारी गरिरहेको छ । सरकार निर्माणको रस्साकस्सी चलिरहेका बेला मोदीको शपथ एक दिनलाई पछि सारिएको हो ।

शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित भएको सुझाव आएपछि मोदीले यो निर्णय लिएका हुन्। तर मोदीको सचिवालयले अहिलेसम्म औपचारिक घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १ : ४१ बजे

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य