शीतल गुफा ओझेलमा | Khabarhub Khabarhub

शीतल गुफा ओझेलमा


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको ऐतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत गुफा ऐतिहासिक रुपमा महत्व राखे पनि ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । 

एतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीद्वारा बुधबार गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् । 

बैज्ञ नामका ऋषिमुनी बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाइ रहेको उक्त गुफा अवलोकनका गर्न दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेपनि प्रचारप्रसारको अभावमा प्रयाप्त मात्रामा पयर्टक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताए ।

समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलो मिटरको दूरीमा रहेको र यातायातको साधनबाट सजिलै पुग्न सकिन्छ । गुफामा बालाचतुर्दशी, शिवरात्रि, र श्रावण महिनामा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिए। 

परापूर्वकालमा ऋषिमुनीहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनी उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैज्ञविधिबाट आर्युवेदीक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिए । गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् । 

विसं २०३७ देखि ओढारलाई गुफाको रुप दिई प्रचारप्रसार गर्दै आइएको छ । उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराएका थिए  ।

 करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त शीतल गुफालाई व्यवस्थित धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले व्यक्त गरे । गुफा क्षेत्रको भौतिक विकास तथा संरक्षणका लागि पछिल्लो पाँच वर्षमा सरकारी तथा निजी क्षेत्रबाट रु दुई करोड खर्च भइसकेको जानकारी अध्यक्ष केसीले दिए ।

अन्नपूर्ण गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर मानिँदै आएको उक्त गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गर्न आफूले यसै आर्थिक वर्षमा बजेट छुट्याउने जानकारी अध्यक्ष केसीले दिए । 

गण्डकी प्रदेशको पर्यटकीय धार्मिकस्थल मुक्तिनाथ मन्दिर, म्याग्दीको घोडेपानी, कास्कीको घान्द्रुक र वीरेठाँटी, र पर्वतको पर्यटकीय गाउँ चित्रे जाने बाटोको उद्गमस्थलमा अवस्थित शीतल गुफालाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्न जरुरी रहेको अध्यक्ष पोखरेलको भनाइ छ । एक सय आठ धारा, गणेश मन्दिर, शिव मन्दिर अन्य मठमन्दिरको दर्शन गर्दै गुफा प्रवेश गर्न सकिन्छ । 

दुई तले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, बाद्यबाधन, गौमाता, बूढानीलकण्ठको शयन दृष्य, रामलक्ष्मण वनबास दृष्य, बिध्नहर्ता गणेश भगवानस्वरुप, चमेराको बसस्थान गुफाभित्र देख्न सकिन्छ । 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ३७ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति