यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप, १८ लडाकुको मृत्यु « Khabarhub

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप, १८ लडाकुको मृत्यु


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा १८ लडाकुको मृत्यु भएको सैनिक अधिकारीले जानकारी दिएका छन् ।

सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नकिबका अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि बुधबार झडप भएको हो ।

सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात् यो आक्रमण भएको छ ।

नकिबले भने ‘यमनको सरकारी सेनाले आक्रमणलाई प्रतिकार गर्न सफल भएको छ, तर पाँच सैनिकले शाहदत प्राप्त गरेका छन् र अन्य केही घाइते भएका छन् ।’

ताइजस्थित हुथी सेनाका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ । यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ३० बजे

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ– नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स–

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।

तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँ– तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक

आजदेखि कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले

यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै

काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान