सातामा ८.२५ अङ्क बढ्यो नेप्से, बजार कुन दिन कस्तो ? | Khabarhub Khabarhub

सातामा ८.२५ अङ्क बढ्यो नेप्से, बजार कुन दिन कस्तो ?


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक जम्मा ८.२५ अङ्कले बढेको छ । आइतबार एकैदिन १३ अङ्क र सातामा तीन दिन बजार बढ्दा पनि साताभर नेप्से सूचक झिनो अर्थात्‌ ८ अङ्कले मात्रै बढेको हो ।

साताको पाँच दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घट्यो । पाँच कारोबार दिनमा ८.२५ अङ्कले बजार बढ्दा दैनिक औषत १.२५ अङ्कको झिनो वृद्धि देखियो ।

पाँच दिनमा २० अर्ब ५९ करोड ३५ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भयो । औसत प्रत्येक दिन ४ अर्ब ११ करोड ८७ लाख ६ हजार रुपैयाँको करोबार भएको हो ।

यस साता पाँच दिनमा ४ करोड ७ लाख ३७ हजार ५७२ कित्ता शेयर कारोबार भयो । जसमा दैनिक औषत ८१ लाख ४७ हजार ५१४ कित्ता शेयर कारोबार भएको हो । पाँच दिनमा २ लाख ८५ हजार ६३० पटक शेयर किनबेच भयो ।

कुन दिन कस्तो थियो बजार ?
यस साताको प्रथम कारोबार दिन आइतबार नेप्से १३ अङ्कले बढ्दा बजारले सकारात्मक सुरुवात गरेको थियो ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन अर्थात्‌ बिहीबार २०६९.५३ बिन्दुमा रहेको नेप्से सूचक आइतबार १३.५१ अङ्कले बढेर २०८३.०४ बिन्दुमा पुग्यो । आइतबार नेप्से परिसूचक उच्चतम २०८६.०८ बिन्दु र न्यूनतम २०६८.०८ बिन्दुसम्म पुगेको थियो ।

आइतबार बजार बढेसँगै कारोबार पनि ४ अर्ब रुपयाँभन्दा बढीको भएको थियो । आइतबार ४ अर्ब २७ करोड १२ लाख ६८ हजार रुपैयाँ बराबरको ९२ लाख २५६ कित्ता शेयर ६५ हजार ७७ पटक करोबार भएको थियो ।

आइतबार बजार बढे पनि सोमबर भने झिनो अङ्कले घट्यो । सोमबार नेप्से ३.९७ अङ्कले घटेर २०७९.०७ बिन्दुमा कायम भयो । सोमबार उच्चतम्‌ २०७३.०२ र न्यूनतम २०९६.६७ बिन्दुमा पुगेको थियो ।

सोमबार कारोबारमा पनि केही कमी आयो । सो दिन ३ अर्ब ९७ करोड ८६ लाख १८ हजार रुपैयाँ बराबरको ८२ लाख ७५ हजार ४४६ कित्ता शेयर ५८ हजार ६६८ पटक किनबेच भएको थियो ।

मंगलबार नेप्से ६.२२ अङ्कले बढेर २०८५.३० बिन्दुमा पुग्यो । सूचक उच्चतम २०९२.७१ र न्यूनतम २९७७.५६ बिन्दुसम्म  पुग्यो । कारोबार हिसाबले पनि मंगलबार सकारात्मक नै देखियो । सो दिन ४ अर्ब २ करोड ७५ लाख ४ हजार रुपैयाँ बराबरको ७५ लाख ३२ हजार ५१९ कित्ता शेयर ५३ हजार ४७४ पटक किनबेच भयो ।

मंगलबार बढेको नेप्से बुधबार फेरि ५.५८ अङ्कले घटेर २०७९.७१ बिन्दुमा कायम भयो । बुधबार परिसूचक उच्चतम २०९१.८८ र न्यूनतम २०७२.३१ बिन्दुसम्म पुग्यो । बुधबार ३ अर्ब ९६ करोड ३२ लाख २ हजार रुपैयाँको ७६ लाख ३० हजार ५३४ कित्ता शेयर ४९ हजार ३०० पटक किनबेच भयो ।

बिहीबार (आज) कारोबार अवधि सकिएर बजार बन्द हुँदा नेप्से १.९३ अङ्कले घटेर २०७७.७८ बिन्दु कायम भएको छ । बिहीबार परिसूचक उच्चतम २०८९.१० र न्यूनतम २०७३.४७ बिन्दुसम्म पुगेको थियो ।

बजार झिनो अङ्कले घटेको भएपनि कारोबार भने ४ अर्ब रुपैयाँभन्दा बढीको भयो । बिहीबार ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको हो ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : १३ बजे

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण