मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदै « Khabarhub

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदै


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । 

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शनिबारदेखि हुने भारत भ्रमणलाई अनुमोदन गर्ने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन् ।

उनले मन्त्रिपरिषद् बैठकमा उक्त भ्रमण कार्यक्रमबारे जानकारी गराउने भएका छन् ।

मोदीले आफूले तेस्रो कार्यकाल सम्हाल्न लागेको भन्दै प्रचण्डलाई बुधबार फोन गरेर शपथ ग्रहण समारोहमा सहभागिताका लागि निम्तो दिएका थिए ।

यद्यपि एनडीए गठबन्धनमा कुरा नमिलिसकेकाले मोदीले शनिबारको साटो आइतबार मात्रै शपथ लिने भएका छन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । 

मन्त्रिपरिषद्को यो बैठकले नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धन सकारका पालामा नियुक्त राजदूतहरू फिर्ता बोलाउने पनि सम्भावना छ । फिर्ता बोलाउन लागिएकाहरू कांग्रेसको कोटाबाट नियुक्त छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ०२ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट