सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने    « Khabarhub

सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने   


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको दोस्रो बैठक शुक्रबार बस्दै छ । पहिलो बैठक बुधबार बसेको थियो । 

दोस्रो बैठक ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ । पहिलो बैठक बसेर कार्ययोजना बनाउने काम भएको विशेष समिति सदस्य सरिता भुसालले बताइन ।  उनका अनुसार पहिलो बैठकमा सबै सदस्यहरूले कार्ययोजना बनाउनेबारे छलफल गरेका थिए । 

भोलिको बैठकमा संसद् सचिवालयका कर्मचारीले सहकारी विशेष समितिलाई कार्ययोजना मस्यौदा बुझाउने कार्यक्रम रहेको संसद् बद्री पाण्डेको भनाइ छ । 

उनकाअनुसार कार्ययोजनाको मस्यौदा पास भएपछि कुन सहकारीको पहिला छानबिन हुने या कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने छ । 

उनले भने, ‘समितिको सचिवालयले भोलि कार्यविधिको मस्यौदा ल्याउँछ । त्यसबारे हामी छलफल गर्छौँ। त्यो पेस भएपछि छलफल हुन्छ । ’ 

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेको पनि  उपस्थिति थियो । सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति बनेको छ । 

सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापा क्षेत्री र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

यस्तै, संसद् सचिवालयका कर्मचारीलाई पनि जिम्मेवारी दिएको छ ।  सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ०६ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु