प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरे। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताए। 

राष्ट्रसंघका आवासीय प्रतिनिधि सिंगरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताए ।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दीगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।  

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ४० बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र