विश्वकभर नै लोकतन्त्र जोखिममा छ : बाइडेन « Khabarhub

विश्वकभर नै लोकतन्त्र जोखिममा छ : बाइडेन


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वकभर नै लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।

दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएका हुन् ।

“दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ”, फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा उजले चजे, “पृथकतावाद ८० वर्षअघि जवाफ थिएन र अहिले पनि यसको जवाफ छैन ।”

सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।

“मित्र राष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे त्यो हामीले आफैँले गर्नसक्ने भन्दा धेरै थियो”, बाइडेनले भने, “कसरी गठबन्धन– वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो, यो एउटा यस्तो पाठ हो जसलाई हामी अमेरिकीहरूले कहिल्यै भुल्नुहुँदैन भनेर म प्रार्थना गर्दछु ।”

राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताए । “हामी टाढा जाने छैनौँ किनकि हामीले यस्तो गर्यौँ भने युक्रेन अधीनमा हुनेछ र यो त्यहाँ समाप्त हुनेछैन”, उनले भने ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ५५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ