महोत्तरीका किसानलाई पछिल्लो वर्षाले राहत, बर्खेबाली लगाउने व्यस्तता « Khabarhub

महोत्तरीका किसानलाई पछिल्लो वर्षाले राहत, बर्खेबाली लगाउने व्यस्तता


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पानी नपर्दा बाली लगाउन नपाएर निराश भएका यहाँका किसान पानी पर्न थालेपछि खुसी भएका छन् । जेठ चौथो साता सुरु भएसँगै खेतबारीमा प्रशस्त चिस्यान हुने गरी पानी परेपछि बाली लगाउन पाउने आशमा यहाँका किसान खुसी भएका हुन् ।

गत सोमबारयतादेखि दैनिक जसो परिरहेको पानीले खेतबारीमा प्रशस्त चिस्यान भएपछि बर्खे मकै छर्ने, कोदो र धानको ब्याड राख्ने तयारीमा यहाँका किसान व्यस्त देखिन्छन् । वैशाख मसान्तभित्रै बर्खे मकै, र कोदो र धानको ब्याड राख्नुपर्नेमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता थियो ।

लगातारको चर्को घामले जमिन सुक्खा भएर फुट्न थालेकामा पछिल्लो वर्षाले ढिलै भए पनि बर्खेबाली लगाउन र धानको धुले ब्याड राख्न चिस्यान भएको बर्दिबास–६ का किसान विन्देश्वर यादवले बताए।

‘बर्खे मकै छर्न र कोदोको ब्याड राख्न ढिलो भइसकेको छ । सिँचाइ अभाव हुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ’, उनले भने, ‘अहिले मौसमले साथ दिँदा मकै, कोदो केही ढिलो भए पनि लगाउन पाउने भएका छौँ ।’

बर्खे धानलाई अब ब्याड राख्दा ढिलो हुने भन्दै यस वर्ष हिउँदे धानको ब्याड राख्न लागिएको उनको भनाइ छ ।

‘चिस्यान नहुँदा धानको ब्याड राख्न सकिएको थिएन, पछिल्लो वर्षाले धुले ब्याड राख्न चिस्यान बनाएको छ । अब खेतीपातीका काम गर्न अनुकूलता होला भन्ने आस जाग्यो’, बलराम कार्कीले भने, ‘समय घर्की सकेकाले यसपालि धानको खरुअत रोप (कलम रोप, पहिलेको बीउ रोप गाँजिएपछि त्यही उखालेर रोप्ने) भने नभ्याइने भइयो ।’

खरुअन साउने सङ्क्रान्तिमा रोपाइँ हुने भन्दै अहिलेको ब्याडबाट नभ्याइने किसान बताउँछन् । पछिल्लो वर्षाले यसअघिको घामले ओइलाउँदै, सुक्दै गएका लहरे तरकारीलाई नयाँ पालुवा पलाउन मद्दत गरेको किसानको भनाइ छ ।

पर्याप्त चिस्यान भएपछि तरकारीका बोट हरियाली देखिन थालेका भङ्गाहा–४ का किसान शिवलाल ठाकुरले बताए । वर्षाले वातावरण शीतल बनाएपछि काममा निस्कन अनुकूल बनेको उनको भनाइ छ ।

जिल्लामा ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो, नहरसँगै सिँचाइको सुविधा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका अधिकांश जग्गा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । पछिल्ला केही वर्षयता स्यालो ट्युवेल, इनारबाट वैकल्पिक सिँचाइ गर्न सकिने भएकाले खेतीपाती गर्न सहज भएको रामदयाल बाँतरले बताए ।

वातावरण शीतल बन्दै गएपछि काममा जान सजिलो हुँदै गएको दैनिक ज्यालादारी/श्रम गरेर जीविकोपार्जन गरिरहेका श्रमिक बताउँछन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ०९ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८