एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताएका छन्  ।

गणतन्त्र दिवस, २०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ कार्यक्रममा  उनले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गरे ।

उनले भने, ‘यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो । अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पारे ।

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताए ।

संविधान र पार्टीको विधानले उनलाई राजनीतिक गतिविधिमा लाग्न बाटो नछेकेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो पूर्व राष्ट्रपति भण्डारीको निर्णय र इच्छामा भर पर्ने कुरा हो भने ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ६ : ५७ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक