पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती « Khabarhub

पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती देखिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन र विदेशी दाताहरूको भारी सहयोगका बाबजुद पोलियो उन्मुलन गर्न पाकिस्तानी स्वास्थ्य अधिकारीहरूलाई चुनौती देखिएको छ ।

पाकिस्तानमा पोलियो खोप लगाउने स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा पनि कमी आएको छैन । यसै वर्ष मात्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीमाथि भएका आक्रमणमा परी ११ जना प्रहरीको मृत्यु भएको छ ।

राज्यका राजनीतिक एवम् सैन्य संस्थापनको असहयोगका कारण शीर्ष स्वास्थ्य अधिकारीहरू राजीनामा दिने मनस्थितिमा पुगेको खामा प्रेसले उल्लेख गरेको छ । यस कारण पनि पोलियोविरुद्धको अभियान प्रभावकारी बन्न नसकेको बताइएको छ ।

यसै वर्ष मात्र पाकिस्तानमा ४ जनामा पोलियो रोग देखा परेको छ । त्यसबाहेक पाकिस्तान सरकारले मुलुकमा देखिएका पोलियो रोगको तथ्यांक पनि लुकाउने गरेको बताइन्छ ।

खामा प्रेसमा नोमान होसेन लेख्छन्, ‘अन्तर्राष्ट्रिय बेइज्जती नहोस् भन्नाका लागि पाकिस्तान सरकारले यथार्थ विवरण लुकाउने गरेको कतिपयको आरोप छ ।’

यस्तो अपारदर्शीताले विश्व स्वास्थ्य सुरक्षामा नै गम्भीर चुनौती थपिएको छ । पाकिस्तानभित्रै पनि ५ वर्ष मुनिका बालबालिका दीर्घकालीन अपाङ्गताको सबैभन्दा गम्भीर जोखिममा रहेको देखिएको छ ।

यसबाट पाकिस्तानको भावी पुस्ता, अर्थतन्त्र र समाजमा नै प्रभाव पर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : ०३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी