विश्वकपमा क्यानडाको ऐतिहासिक जित : आयरल्यान्ड १२ रनले पराजित « Khabarhub

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : आयरल्यान्ड १२ रनले पराजित


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार खाएको हो ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । ।

आयरल्याण्डलाई सस्तैमा समेट्न क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले समान दुईदुई विकेट हात पारे भने जुनेद सिद्धकी र साद बिन जाफरले एकएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्टोन अर्धशतक बनाउन १ रनले चुके । सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

श्रेयस मोभ्भाले ३७, प्रगत सिंह १८ रन बनाउँदा एरोन जोन्सनले १४ रन जोडेका थिए ।

क्यानडाविरुद्ध सुरुमा बलिङ गरेको आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले समान दुईदुई विकेट लिएका थिए भने मार्क अडेर र गेराथ डेलानीले एकएक विकेट हात पारे ।

समूह ‘ए’मा रहेको क्यानडाले उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटको पराजय भोगेको थियो । समूह ‘ए’मा अमेरिका दुई खेल जित्दै शीर्ष स्थानमा छ । भारत र पाकिस्तानसमेत रहेको यो समूहको जितलाई महत्त्वका साथ हेरिएको छ । भारत दुई अंकसहित दोस्रो स्थानमा छ भने यो समूहमा पाकिस्तान र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : ३२ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,