टी-२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १६० रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १६० रनको चुनौती


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको हो।

न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गरेको थियो।

अफगानिस्तानका लागि ओपनर रहमान उल्लाह गुरबाजले शानदार अर्धशक बनाए। उनले ५६ बलको सामना गर्दै ५ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८० रन बनाएका हुन्।

अर्का ओपनर इब्राहिम जाद्रानले ४१ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्तमा ४४ रन बनाए। पहिलो विकेटका लागि ओपनरले ८० बलमा सय रनको साझेदारी गरेका थिए।

अफगानिस्तानका लागि तेस्रोक्रममा आएका ब्याट्सम्यान अजमातुल्लाह उमरजाईले १३ बल खेल्दै दुई छक्का र एक चौकाको मद्तमा २२ रन जोडे। कप्तान राशिद खान ५ बलमा ६ रन बनाउँदै आउट भए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

न्युजिल्यान्डका लागि टेन्ड बोल्ट र म्याट हेनरीले समान दुईदुई विकेट लिए भने लोकी फर्ग्युसनले एक विकेट हात पारे।

समूह ‘सी’को न्युजिल्याण्डले विश्वकपमा पहिलो खेल खेल्दैछ। अफगानिस्तान भने पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा छ।

यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन्। दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युगान्डाले दुई खेलमा एक जितसहित दुई अंक जोडिसकेको छ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : ०१ बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार