युरोकप खेल्ने स्पेनको टिमको घोषणा « Khabarhub

युरोकप खेल्ने स्पेनको टिमको घोषणा


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।

स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । चोटका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।

स्पेनको युरो कप खेल्ने टिम–
गोलकिपर– एलेक्स रेमिरो, डेभिड राया र उनाई साइमन ।
डिफेन्डर– अमेरिक लापोर्टे, रोबिन ले नोर्मान्ड, अलेजान्द्रो ग्रिमाल्डो, ड्यानी कारभाजल, डानी भिभियन, जेसस नाभास, नाचो र मार्क कुकारेल्ला ।
मिडफिल्डर– मिकेल मेरिनो, फाबियन रुइज, एलेक्स बेना, मार्टिन जुबिमेन्डी, रोड्रिगो, पेड्रि र फर्मिन लोपेज ।
फरवार्ड– अल्भारो मोराटा, ड्यानी ओल्मो, जोसेलु, लामिन यामल, मिकेल ओयार्जबाल, अयोजे पेरेज, फेरान टोरेस र विलियम्स जूनियर ।

युरोकप जुन १४ देखि शुरु हुदै छ । स्पेन भने यस युरोकपमा समुह ‘बी’ मा रहेको छ । यस समूहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् ।

स्पेनले युरोकपमा आफ्नो पहिलो खेल जुन १५ मा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : २९ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’