बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका « Khabarhub

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।

भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए ।

उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानहरुले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उनको भनाइ छ ।

भेरी नगरपालिकाका किसानहरुलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा जाने गरिएको उनले जानकारी दिए ।

उनले भेरी नगरपालिकाबाट उन्नतजातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको काम समेत भइरहेको बताए। हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीको भनाइ छ ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका– ३ होलुज्यूलामा १० हेक्टरमा लगाउदै आएको अधिकारीले बताए ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ, प्याज, रायो, मुला, केराउ र सिमी लगाएतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उनले जानकारी दिए ।

हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ५२ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर