काठमाडौंमा ‘गुँला’ बाजा प्रतियोगिता (तस्बिरहरु) « Khabarhub

काठमाडौंमा ‘गुँला’ बाजा प्रतियोगिता (तस्बिरहरु)



काठमाडौं- काठमाडौंमा बौद्ध धर्मावलम्बीको परम्परागत बाजाको खुल्ला ‘गुँला’ बाजा प्रतियोगिता भएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको आयोजनामा स्वर्णिम योजना सांस्कृतिक महानगरपालिकाअन्तर्गत आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको हो । 

सो धा: बाजं धेँ धेँ बल्ला कासामा २२ वटा समुहहरूको सहभागिता रहेको थियो । सो प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले गरेकी थिइन् ।

नेवारी भाषामा ‘ला’को अर्थ महिना र ‘गुँ’को अर्थ पहाड र जङ्गल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो ।

 बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।

 

 

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ४ : ०३ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ