जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ? « Khabarhub

जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

अजरबैजानदेखि स्पेनसम्मका नेतालाई उपेन्द्रको निम्तो


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा जेठ २८, २९ र ३० गतेसम्म चल्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘प्रथम एकता महाधिवेशन’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट १३ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरू म्हाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू, भारत, मलेसिया, स्पेन, अजरबैजान, इन्डोनेसिया लगायत देशका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट आउने अतिथि आजै काठमाडौँ आइपुग्ने छन्‌ । भारतबाट आउने अतिथिहरू भने विहारको दरभंगासम्म आउने र त्यहाँबाट सडक मार्ग हुँदै जनकपुर आउनेछन् ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा. सुनिलम महाधिवेशनमा अतिथिको रूपमा आउन लागेको अध्यक्ष यादवले जानकारी दिए ।

त्यस्तै स्पेनिस सोसलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोसलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र सोही पार्टीका प्रवक्ता उदित राज समेत अतिथिको रूपमा आउनेछन् ।

त्यस्तै अजरबैजानका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउने बताइएको छ ।

महाधिवेशनको उद्‌घाटन सत्रमा २० हजार जनाको उपस्थिती रहने आयोजकले जनाएको छ ।

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ६ : २० बजे

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य