उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा « Khabarhub

उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभाबी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।

फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभाबी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् ।

अवस्था ठिक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ ।

सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  २ : ३४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले