सुरक्षित बैंकिङ कारोबार गर्न नेपाल प्रहरीको आग्रह  | Khabarhub Khabarhub

सुरक्षित बैंकिङ कारोबार गर्न नेपाल प्रहरीको आग्रह 


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।  नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले नियतवश वा अनजानमा बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको जानकारी दिए ।

गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए ।

आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरू धेरै आएको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरका घटनाहरू बढ्दै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए ।

उनले बैङ्किङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद रहेको जानकारी दिए ।

बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशङ्का रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको उनले बताए ।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरू उक्त विषयमा केन्द्रित हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा प्रत्यक्षरुपमा असर पुगेको धारणा राखे ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : २२ बजे

केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ– जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन– चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक

बैतडीको दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको

चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे 

काठमाडौं– चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ ।