सुनकोशी-३ मा लगानी जुट्ने, बंगलादेशमा ४० मेगावाट निर्यात सम्झौता हुने « Khabarhub

सुनकोशी-३ मा लगानी जुट्ने, बंगलादेशमा ४० मेगावाट निर्यात सम्झौता हुने


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल-बंगलादेश सचिवस्तरीय ऊर्जा बैठक आगामी असार ८ र ९ गते हुने भएको छ । दुई दिनसम्म पोखरामा हुने बैठकमा विद्युत् व्यापार र निर्यात गर्ने केही बुँदाहरुमा सहमति र छलफल हुनेछ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालय स्रोतका अनुसार बैठकमा विभिन्न तीन चरणमा सम्झौता र छलफल गर्ने तयारी छ । पहिलो चरणमा सुनकोशी–३ जलविद्युत् आयोजनाको निर्माणका लागि आवश्यक पर्ने लगानी र निर्माणको मोडालिटीबारे सम्झौता हुनेछ ।

६८३ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत् आयोजना विकास गर्न बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग सम्झौता गर्ने तयारी गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले बताए । विगतमा पनि बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी गर्न इच्छा देखाएकाले आगामी बैठकले लगानीको बाटो खोल्ने उनको भनाइ छ ।

त्यस्तै, बैठकले नेपालबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । तत्कालका लागि ४० मेगावाट बिजुली निर्यात गर्ने गरी सहमति गरिने र त्यसबाहेक अन्य जलविद्युत् आयोजनाको विद्युत् निर्यातका सम्भावनाका बारेमा पनि छलफल गरिने उनले बताए । बंगलादेशले यसअघि नै नेपालबाट बिजुली किन्न सहमति जनाइसकेको थियो ।

सचिवस्तरीय बैठकले नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्न भारत हुँदै लैजाने प्रसारण प्रणाली र द्वि-देशीय विद्युत् व्यापारका विषयमा सहमति र छलफल गरिने सिंहले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ०० बजे

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित