सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही « Khabarhub

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु । सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ ।

महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए ।

पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको पाइएको उनले बताए ।

“पुल निर्माणका क्रममा नै पुल बाङ्गो भएको रहेछ, जानकारी आएपछि स्थलगत निरीक्षण ग¥यौँ”, उनले भने । उनले पुल निर्माणमा मापदण्ड पालना नभएको बताए ।

गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकत नवीनकुमार गोलेका साथै इञ्जिनियर, सव–इञ्जिनियरसहित टोलीले पुलको भार परीक्षण गरेको थियो । कूल ३६ मिटर लम्बाई र चार दशमलव २५ मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता ४० टनको छ ।

पुल रु दुई करोड ५८ लाखको लागतमा माछापुच्छ्रे कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । पुलमा निर्माणमा अरुण बेली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु १५ लाख उपलब्ध गराएको सो कम्पनीका प्रबन्धक हस्तमान कुलुङले जानकारी दिए ।

पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष कुलुङले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ४७ बजे

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट