रास्वपाले स्थापना दिवसमा चियापान गर्ने « Khabarhub

रास्वपाले स्थापना दिवसमा चियापान गर्ने


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपाका सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताए ।

पार्टी स्थापना दिवस असार १ गतेदेखि हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै, असार ३ गते पत्रकारहरुलाई कार्यक्रमबारे जानकारी गराउने, ५ गते रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाई, ६ गते वृक्षारोपण, ७ गते चियापानलगायतको कार्यक्रम आयोजना गरिएको छ ।

रास्वपाले स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरुलाई जिल्ला र पालिकामा पुगेर कार्यक्रम आयोजना गर्न निर्देशन गरेको छ ।

त्यस्तै, आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहल कदमी लिन पनि भनिएको छ ।

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : १६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा