भारतको सातौं विकेट गुम्यो, अमिरले लिए लगातार दुई विकेट « Khabarhub

भारतको सातौं विकेट गुम्यो, अमिरले लिए लगातार दुई विकेट


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको छ ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले सातौं विकेट गुमाएको छ । भारतको १५ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट गुमाएको हो ।

सम्हालिएर ब्याटिङ गरिरहेका रिसब पन्तलाई पाकिस्तानका मोहम्मद अमिरले हरिस रउफको हातबाट क्याच गराए । पेभिलियन फर्किनु अघि पन्तले ३१ बलमा सात चौकासहित ४२ रन बनाएका थिए ।

यसअघि सुर्यकुमार यादव आठ बलमा सात रन बनाएर आउट भए । त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीसहित अक्षर पटेल आउट भएका थिए । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

त्यस्तै पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए । शिवम दुवे र रविन्द्र जडेजाको ब्याटिङ पनि आज चल्न सकेन ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ११ : १३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास