टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो एक सय २० रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो एक सय २० रनको लक्ष्य


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ पनि चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।

समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको थियो । पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।

पाकिस्तानका कप्तान बाबर आजम टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।

यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्।

दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्।

बलिङ र ब्याटिङ दुर्वतर्फ विश्वको नम्बर ‘वान’ खेलाडी भएका टिम भारत र पाकिस्तानको भिडन्तलाई विश्व क्रिकेटमा सबैले चासोका साथ हेर्ने गरेका छन्। पछिल्ला पाँच खेलमा भने पाकिस्तानमाथि भारत हाबी भएको देखिन्छ।

तस्विर :आईसिसी

पछिल्ला १२ भेटमा भारत ८ खेलमा विजयी भएको छ भने पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । पछिल्ला टी–२० का पाँच खेलमा भारतले तीन जित निकाल्दा पाकिस्तान दुई खेलमा विजयी भएको छ ।

विश्वकपको समूह ‘ए’मा अमेरिका, भारत, क्यानडा, पाकिस्तान र आयरल्याण्ड छन् । अमेरिका दुई खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । दुई खेलमा एक जित निकाल्दै क्यानडा तेस्रो स्थानमा छ भने पाकिस्तान र आयरल्याण्ड अंकबिहीन अवस्थामा चौथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ११ : २७ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा