बागलुङको बायखोला–झिम्पा सडक स्तरोन्नति | Khabarhub Khabarhub

बागलुङको बायखोला–झिम्पा सडक स्तरोन्नति


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ ।

विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाखले सडकको स्तरोन्नति भएको हो ।

लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ ।

करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ ।

वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले दुई–दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट सात लाख, जिल्ला विकास समितिबाट आठ लाखको लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए । वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताए । खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।

उनले स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको बताए । ५९ लाख १२ हजार तीन सय २६ का सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : २२ बजे

अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  शुकरबार प्रतितोला

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन्

आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने

पोखरा– २४औँ संस्करणका आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ– तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको