प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै « Khabarhub

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्रीसहितको नेपाली टोली आज अपराह्न साढे ४ बजे नेपाल एयरलाइन्समार्फत स्वदेश फर्किन लागेको हो ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्रीसहितको टोली आइतबार दिउँसो नयाँदिल्ली गएको थियो ।
टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहाललगायत सहभागी छन् ।

आइतबार साँझ मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ लिएका थिए । शपथ समारोहमा नेपालसहित सार्क मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरुको उपस्थिति थियो ।

 

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ५१ बजे

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको