जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने « Khabarhub

जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने

विदेशी पाहुनाहरू धमाधम काठमाडौं उत्रिँदै


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुँदै छ ।

पार्टी विभाजनको घाउ निको नहुँदै सुरु हुन लागेको जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजारलाई सहभागी गराइने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

को को जाँदै अतिथि ?
अहिलेसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत पुगेको पार्टी प्रवक्ता सुमनले बताए ।

उनका अनुसार अन्य नेताहरू जनकपुरमा जम्मा हु्ने क्रम जारी । जसपाको महाधिवेशनमा सत्तारुढ दलका दुई शीर्ष नेता भने नजाने भएका छन्।

प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने छन् ।

ओली काभ्रेको धुलिखेलमा हुन लागेको कार्यक्रम एक कार्यक्रममा जाने भएका छन् । उता प्रधानमन्त्री प्रचण्ड भने भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिन दिल्ली रहेकाले अन्य प्रतिनिधि पठाउने तयारी छ ।

जसपा अध्यक्ष यादवले गत वैशाख २३ गते भएको पार्टी विभाजनमा ओली र प्रचण्डको हात रहेको आरोप लगाइरहेका छन् । अशोक राईले सातजना संघीय सांसदसहित जसपा फुटाएपछि सरकाको तत्कालीन संकट पनि टरेको थियो ।

विदेशबाट ?

प्रवक्त सुमनका अनुसार भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट अतिथिहरू सोमबार नै काठमाडौं आइपुग्ने छन्‌ ।

भारतका अतिथिहरू भने बिहारको दरभंगा हुँदै त्यहाँबाट सडक मार्गबाट जनकपुर भित्रिँदैछन् ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा. सुनिलम महाधिवेशनमा भाग लिन आइसकेको अध्यक्ष उपेन्द्र यादवले बताए ।

त्यस्तै स्पेनिस सोसलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोसलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र प्रवक्ता उदित राजसमेत अतिथिका रूपमा आएका छन् ।

त्यस्तै अजरबैजानका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एयरलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउँदैछन् ।

निर्वाचन कार्यक्रम

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ ।

कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुने छ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

बस्नेतले त्यही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्रमा पर्ने दाबी-विरोध दर्ता, जाँचबुझ र त्यसै दिन ४ बजेसम्म त्यसउपर निर्णय गरिने जानकारी दिए ।

उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको मतगणना एकै पटक हुने सुमनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : ०४ बजे

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग