१६ फोटोमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक | Khabarhub Khabarhub

१६ फोटोमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (शुक्रबार) श्रावण कृष्ण प्रतिपदा, अर्थात् गाईजात्रा पर्व । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका दिन एक युवकलाई प्रतिकात्मक ‘गाई’ बनाएर दिवंगत आफन्तको सम्झनामा गाजाबाजासहित नगर परिक्रम गरी मनाइने गरिन्छ ।

विशेष गरी नेवारी समुदायमा आफ्ना दिवंगत पितृहरुको उद्दार गर्ने सन्दर्भमा गाईको जात्रा गरेर यो पर्व मनाइन्छ ।

राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हँदा आफ्नी रानीलाई सम्झाउनका लागि चालेको एक कदमबाट यो पर्वको शुरुवात भएको मानिन्छ । छोरा गुमाएको पीडामा रहेकी रानीलाई सम्झाउनका लागि राजा प्रताप मल्लले आफूहरुजस्तै अरु धेरै नेपालबासी (जनता) पनि शोकमा छन् भन्ने देखाउनका लागि आफन्त गुमाएका व्यक्तिलाई दरबारमा बोलाएका थिए ।

राजाले बोलाएपछि जनताहरु एउटा मान्छेलाई गाईको भेष धारण गराइ गाजाबाजासहित दरबार पुगेको भन्ने कथन छ ।

गाईको भेष धारण गरेर दरबार पुगेकाका व्यक्ति देखेपछि राजा प्रताप मल्लकी रानी हाँस्न पुगिन् । रानीले छोरा गुमाएको पीडा भुलेर हाँस्न थालेपछि खुसी भएका राजाले गाईको भेष धारण गरेका व्यक्तिसहित दरबार पुगेका जनतालाई इनाम दिए । त्यसपछि हरेक वर्ष गाइजात्रा मनाउन थालिएको इतिहासकारहरु बताउँछन् ।

हरेक वर्षको गाईजात्राका दिन काठमाडौंको हनुमान ढोकाको आगनमा गाईजात्राको शोभायात्रा पुर्‍याई हाजिरी जनाएपछि मात्र आ–आफ्ना गाई र जोगी भेषभूषामा सजिएका किशोर र दर्शकहरू नगर परिक्रमा गरी आफ्नो घरमा फर्कने गर्दछन् ।

सामान्य परिवारले बाँसको पेरुङ्गोमा गाईको तस्वीर वा शिर राखी अनेक कपडा र गहनाले सिंगारी नगर टोल घुमाउने गरेको देखिन्छ ।

गाईजात्रा पर्व धार्मिक, सांस्कृतिक मान्यतामा आधारित संस्कृति हो । कतिपय ठाउँमा घरका मुख्य मान्छे जात्रामा जान्छन् । यो गाईजात्रा मनाउँदै गर्दा कतिपय ठाउँमा देवतालाई बली दिने र पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ ।

विशेष गरी शोभायात्रा सकेर घर फर्केपछि विवाहिता छोरीले गाईको गोडा धोई त्यस गाईको पुच्छर बनाएको कपडा तानी पानीमा भिजाएर सबैलाई जल छर्कने प्रचलन रहेको छ ।

गाई नै वा गाईको रूपमा सजिएका किशोर युवाहरू अत्यन्त अनुशासित र संयमका साथ नगर परिक्रमामा निस्कन्छन् । जुन घरमा मृत्यु शोक परेको छ ती ती घरबाट गाईजात्रा निकाल्ने चलन छ । टोलबाट निकालिएको गाईलाई अन्य परिवारका सदस्यले बाटो बाटोमा भेटी मिठाई, फलफूल र पैसा चढाई पितृ आत्माको जय होस् भन्ने गरिन्छ ।

गाईजात्रा नाच आठ दिनसम्म मनाइन्छ । पछिल्ला दिनमा सरकार र संघसंस्थाहरूले पनि आ– आफ्नो किसिमले गाईजात्रालाई एक उत्सवका रूपमा मनाउँदै आएको पाइन्छ ।


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ४० बजे

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।