१६ फोटोमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक « Khabarhub

१६ फोटोमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (शुक्रबार) श्रावण कृष्ण प्रतिपदा, अर्थात् गाईजात्रा पर्व । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका दिन एक युवकलाई प्रतिकात्मक ‘गाई’ बनाएर दिवंगत आफन्तको सम्झनामा गाजाबाजासहित नगर परिक्रम गरी मनाइने गरिन्छ ।

विशेष गरी नेवारी समुदायमा आफ्ना दिवंगत पितृहरुको उद्दार गर्ने सन्दर्भमा गाईको जात्रा गरेर यो पर्व मनाइन्छ ।

राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हँदा आफ्नी रानीलाई सम्झाउनका लागि चालेको एक कदमबाट यो पर्वको शुरुवात भएको मानिन्छ । छोरा गुमाएको पीडामा रहेकी रानीलाई सम्झाउनका लागि राजा प्रताप मल्लले आफूहरुजस्तै अरु धेरै नेपालबासी (जनता) पनि शोकमा छन् भन्ने देखाउनका लागि आफन्त गुमाएका व्यक्तिलाई दरबारमा बोलाएका थिए ।

राजाले बोलाएपछि जनताहरु एउटा मान्छेलाई गाईको भेष धारण गराइ गाजाबाजासहित दरबार पुगेको भन्ने कथन छ ।

गाईको भेष धारण गरेर दरबार पुगेकाका व्यक्ति देखेपछि राजा प्रताप मल्लकी रानी हाँस्न पुगिन् । रानीले छोरा गुमाएको पीडा भुलेर हाँस्न थालेपछि खुसी भएका राजाले गाईको भेष धारण गरेका व्यक्तिसहित दरबार पुगेका जनतालाई इनाम दिए । त्यसपछि हरेक वर्ष गाइजात्रा मनाउन थालिएको इतिहासकारहरु बताउँछन् ।

हरेक वर्षको गाईजात्राका दिन काठमाडौंको हनुमान ढोकाको आगनमा गाईजात्राको शोभायात्रा पुर्‍याई हाजिरी जनाएपछि मात्र आ–आफ्ना गाई र जोगी भेषभूषामा सजिएका किशोर र दर्शकहरू नगर परिक्रमा गरी आफ्नो घरमा फर्कने गर्दछन् ।

सामान्य परिवारले बाँसको पेरुङ्गोमा गाईको तस्वीर वा शिर राखी अनेक कपडा र गहनाले सिंगारी नगर टोल घुमाउने गरेको देखिन्छ ।

गाईजात्रा पर्व धार्मिक, सांस्कृतिक मान्यतामा आधारित संस्कृति हो । कतिपय ठाउँमा घरका मुख्य मान्छे जात्रामा जान्छन् । यो गाईजात्रा मनाउँदै गर्दा कतिपय ठाउँमा देवतालाई बली दिने र पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ ।

विशेष गरी शोभायात्रा सकेर घर फर्केपछि विवाहिता छोरीले गाईको गोडा धोई त्यस गाईको पुच्छर बनाएको कपडा तानी पानीमा भिजाएर सबैलाई जल छर्कने प्रचलन रहेको छ ।

गाई नै वा गाईको रूपमा सजिएका किशोर युवाहरू अत्यन्त अनुशासित र संयमका साथ नगर परिक्रमामा निस्कन्छन् । जुन घरमा मृत्यु शोक परेको छ ती ती घरबाट गाईजात्रा निकाल्ने चलन छ । टोलबाट निकालिएको गाईलाई अन्य परिवारका सदस्यले बाटो बाटोमा भेटी मिठाई, फलफूल र पैसा चढाई पितृ आत्माको जय होस् भन्ने गरिन्छ ।

गाईजात्रा नाच आठ दिनसम्म मनाइन्छ । पछिल्ला दिनमा सरकार र संघसंस्थाहरूले पनि आ– आफ्नो किसिमले गाईजात्रालाई एक उत्सवका रूपमा मनाउँदै आएको पाइन्छ ।


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ४० बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा