संविधानमा रहेका कमी कमजोरीलाई सच्याउनुपर्छ : उपसभापति वाग्ले « Khabarhub

संविधानमा रहेका कमी कमजोरीलाई सच्याउनुपर्छ : उपसभापति वाग्ले


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धारामा टेकेर सच्याउनु पर्ने बताएका छन् ।

जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वाग्लेले वर्तमान संविधानको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य रहेकाले यो संविधानलाई साझा संविधानको रुपमा बनाउनका लागि संविधानकै धाराहरूमानै टेकेर विद्यमान कमी कमजोरीहरूलाई हटाउन सकिने बताए ।

मुलुकमा संघीयता ल्याउनुका साथै नयाँ संविधान निर्माणमा मधेसी जनताको रगत लागेकाले संविधानमाथीको प्रहार हामी सबैका लागि असह्य हुने उनको भनाई थियो । 

वाग्ले देशकै सबैभन्दा सुगम प्रदेशको रुपमा रहेको मधेस बाँकी प्रदेशभन्दा पछाडि पर्नु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा विकासको अर्थ सडक, भवन, चिल्ला खाडीहरूलाई लिइन्छ । जबकि मधेस अझै त्यसमा पनि पछाडि परेको छ । 

उनले भने ‘मधेस विकासमा पछाडि परेको छ, जबकि रेमिटेन्सको भरमा चलिरहेको यो देशमा सबैभन्दा बढी योगदान मधेसकै नागरिकको रहँदै आएको छ ।’ 

यस अर्थमा मधेसलाई पहिले देखि नै पछाडि पारिदै आएको छ यसलाई बदल्न तर्फ हामी सबै अग्रसर हुनु पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ४५ बजे

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले