रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो « Khabarhub

रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटलाई अग्राधिकार दिएको छ ।

कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राईसमेत प्रतिवादी भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्वआदेशअनुसार अग्राधिकार दिने आदेश सोमबार सर्वोच्चले गरेको हो ।

सर्वोच्चले मुद्दाको अर्को पेसी आगामी असार ४ गतेलाई तोकेको छ।  उक्त दिनसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत अभियोग पत्र पेश गर्न पनि सर्वोच्चले भनेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ सकेपछि आवश्यक मिसिलहरू प्राप्त नभएकाले मगाउने आदेश गरेको हो । अब लामिछानेविरुद्धको मुद्दा अझै एक सातालाई सरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको जाहेरी पेस गर्न भनेको थियो । तर सोमबारको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस गरे । त्यसपछि सर्वोच्चले सबै मिसिल मगाउन भनेको हो ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गर्दै ती प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा लामिछानेको विषयमा कुनै जाहेरी, अभियोग पत्र र अनुसन्धान नभएको पत्र दिएको थियो । त्यसविरुद्ध अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । सुरुमा सर्वोच्च प्रशासनले खारेज गरिदिएको रिट इजलासको आदेशमा दर्ता भएर अघि बढेको हो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : २७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत