रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो | Khabarhub Khabarhub

रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटलाई अग्राधिकार दिएको छ ।

कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राईसमेत प्रतिवादी भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्वआदेशअनुसार अग्राधिकार दिने आदेश सोमबार सर्वोच्चले गरेको हो ।

सर्वोच्चले मुद्दाको अर्को पेसी आगामी असार ४ गतेलाई तोकेको छ।  उक्त दिनसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत अभियोग पत्र पेश गर्न पनि सर्वोच्चले भनेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ सकेपछि आवश्यक मिसिलहरू प्राप्त नभएकाले मगाउने आदेश गरेको हो । अब लामिछानेविरुद्धको मुद्दा अझै एक सातालाई सरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको जाहेरी पेस गर्न भनेको थियो । तर सोमबारको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस गरे । त्यसपछि सर्वोच्चले सबै मिसिल मगाउन भनेको हो ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गर्दै ती प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा लामिछानेको विषयमा कुनै जाहेरी, अभियोग पत्र र अनुसन्धान नभएको पत्र दिएको थियो । त्यसविरुद्ध अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । सुरुमा सर्वोच्च प्रशासनले खारेज गरिदिएको रिट इजलासको आदेशमा दर्ता भएर अघि बढेको हो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : २७ बजे

भारतको बैगलोरमा चोरी : ३५ बढी नेपालीलाई प्रहरीले गर्‍यो पक्राउ

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका

रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौंमा

काठमाडौं– मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर